सांगीतिक करियर टुङ्याउने निर्णयबाट पछि हटे नितेशजंग

person explore access_timeसाउन ३१, २०७९ chat_bubble_outline0

काठमाडौँ । संगीतिक करिअरबाट बिदा लिने निर्णयबाट गायक नितेशजंग कुँवरले पछि हटेका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै पूर्ववत् निर्णयबाट पछि हटेको जानकारी दिएका हुन् ।
‘विभिन्न भावनामा बगेर मैले आफ्नो जीवनमा मनमा आएको हरेक कुरो पोष्ट गर्ने बानी थियो’, उनले अगाडि भनेका छन् ‘धेरै समर्थक र साथीभाइले भन्दा पनि यो कुरो बेवास्ता गर्दै आएको थिएँ। आमाले भनेपछि गम्भीरताका साथ लिए ।’ 
‘अगाडिको पोष्टमा मैले एक दशकको सांगीतिक यात्रा टुङ्ग्याउने निष्कर्षमा पुगेको बिचार राखेको थिएँ । जसलाई धेरैले मैले संगीत क्षेत्र छोड्न लागेको बुझेका थिए । त्यो सही होइन,’ उनले अगाडि भनेका छन् ‘त्यो समय म भित्रैबाट बिथोलिएका थिएँ,  जसका कारणले मैले मेरा फ्यानहरुको मन दुखाउने काम गरेँ । तर मेरो उद्देश्य त्यो थिएन । अहिले मैले मेरो पाठ सिकिसकेँ । स्टेज नउक्लिएको धेरै भयो । अव समय आएको मैले विश्वास गरेको छु ।’
कुँवरले गत वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै संगीतिक यात्रा टुङ्गिएको घोषणा गरेका थिए । 


उनले स्ट्याटसमा लेखेका थिए ‘प्रिय साथीहरु, मैले मेरो संगीतिक यात्राबाट विश्राम लिएको छु । सबैलाई धन्यवाद दिन चाहन्छु, यो रोचक यात्राका लागि ।’ उनका हाम्रो नेपालमा, निष्ठुरी मोरीलगायतका गीत चर्चित छन् ।
 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।