एनआईसी एशियाद्वारा ३० लाख बीमा रकम भुक्तानी
एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता योजना’ अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । ती ग्राहकको दुर्घटनामा परी मृत्यु भएकाले १० लाखका दरले परिवारलाई जम्मा ३० लाख रुपैयाँ भुक्तानी गरेको हो ।
बीमा लाभ प्राप्त गर्नेमा त्रिपुरेश्वर शाखामा खाता खोलेका शिव प्रसाद सुवेदी, ग्वार्को शाखामा खाता खोलेका टंक प्रसाद घिमिरे र साँफेबगर शाखामा खाता खोलेका ज्ञान बहादुर चौधरीको मृत्यु भएपछि परिवारलाई रकम हस्तान्तरण गरिएको हो । खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेको बैकले जनाएको छ । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राइम सहकारीको रकम हिनामिना गरेको आरोपमा ८ जना पक्राउ
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
हलिउडमा पुनरागमन गर्दै तब्बु
-
संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता छ : रमेश लेखक
-
कोशीका १२ स्थानीय तहमा कानुनको व्यवहारिक शिक्षा कार्यक्रम सञ्चालन हुने
-
राष्ट्रपतिको सवारीमा बानेश्वर चोकमा मात्रै सवारी चल्न रोक