बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पठाउने गठबन्धनको निर्णय

मङ्गलबार, ३१ साउन २०७९, २० : ५२
मङ्गलबार, ३१ साउन २०७९

सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेता सम्मिलित बैठकले संसदबाट आवश्यक प्रक्रिया पूरा गरी विधेयकलाई फेरि राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि दिएको जानकारी अनुसार संसदले राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुनर्विचार गरी फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय भएको हो । राष्ट्रपतिले उक्त विधेयक पुनर्विचारका लागि फिर्ता पठाइसकेको अवस्थामा संवैधानिक प्रक्रियाअनुसार संसदमा छलफल गरी यथास्थितिकै विधेयकलाई प्रमाणीकरणका लागि फेरि पठाउने तयारीमा गठबन्धन जुटेको हो ।

संविधानले राष्ट्रपतिलाई एक पटकका लागि त्यसरी विधेयक फिर्ता पठाउन सक्ने अधिकार दिएको छ । तर, संसदले सोही विधेयकलाई पुनर्विचार गरी प्रमाणीकरणका लागि पठाएमा राष्ट्रपतिले फेरि फिर्ता पठाउन मिल्दैन ।

मन्त्री कार्कीका अनुसार गठबन्धनको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकका सम्बन्धमा वृहत छलफल गरी यस सँग प्रत्यक्ष, अप्रत्यक्ष संलग्न रहेका सरोकारवाला, मानवअधिकारकर्मी, विभिन्न तह र तप्का तथा पीडित लगायत व्यक्ति तथा संघ संस्थाहरूसँग परामर्श गरी उनीहरुबाट आएका सरसल्लाह र सुझावलाई गहन रुपमा लिनका अतिरिक्त यसबारेमा समीक्षा र विश्लेषण गर्दै शान्ति तथा मेलमिलापलाई टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप विधेयक अघि बढाउन सहमति भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप