शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धारा जोड्न घुस माग्ने सिनियर प्लम्बर पक्राउ

मङ्गलबार, ३१ साउन २०७९, १३ : ४८
मङ्गलबार, ३१ साउन २०७९

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेश बहादुर खुलाल  घुस रकमसहित पक्राउ परेका छन् । खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिइएको छ । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप