‘मायाको माया’ बाट अभिनयमा कम ब्याक गर्दै राजेश हमाल

एक समय अभिनयमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल लामो समयदेखि फिल्म अभिनय बाहिर छन् । केही अगाडि ‘सत्यम्’ बाट उनले कम ब्याक गर्ने चर्चा चलेको थियो । तर उक्त फिल्म निर्माण तयारीमै रोकियो ।
अहिले भने उनको कम ब्याक पक्कापक्की भएको छ । उनले ‘मायाको माया’ नामक फिल्मबाट अभिनयमा कम ब्याक गर्ने भएका हुन् । फिल्मका लागि उनले केही साताको वर्कसप समेत गरिसकेका छन्
हमाल अहिले श्रीमतीसहित दुबईमा छन् । एक सांगीतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । त्यसबाट फर्किएपछि फिल्म सुटिङका लागि उनले समय उपलब्ध गराउनेछन् ।
फिल्ममा हमालको अलवा अभिनेता अनुप बिक्रम शाही, आना शर्मा देखिने छिन् । हमालको अपोजिटमा को भन्ने अहिले सार्वजनिक गरिएको छैन । फिल्मबाट सर्वानी पाण्डेले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् भने भारतबाट तन्ह्भी आजमीको पनि अभिनय रहनेछ ।
रोहित करण बैधको निर्देशन रहेन फिल्म ड्राइभर इंक प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फागुनमै विवाह गर्दै अस्मिता र महेश
-
महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिको चारै ढोका खुला गरिने
-
कांग्रेस–एमालेको काम रास्वपा र रविलाई लखेट्ने हो : सन्तोष परियार
-
डेलिभरी भ्यान अनियन्त्रित भएर घरकोआँगनभित्र छिर्यो, एकको मृत्यु
-
हिमालको फेदबाट सुशासन सिकाइरहेको नार्पाभूमि
-
स्पष्टीकरणमा परेसँगै कुलमानको विज्ञप्ति : मन्त्रीसँग म्याण्डेट लिइएको थियो