शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मायाको माया’ बाट अभिनयमा कम ब्याक गर्दै राजेश हमाल

मङ्गलबार, ३१ साउन २०७९, १३ : ०३
मङ्गलबार, ३१ साउन २०७९

एक समय अभिनयमा एकछत्र राज गरेका अभिनेता राजेश हमाल लामो समयदेखि फिल्म अभिनय बाहिर छन् । केही अगाडि ‘सत्यम्’ बाट उनले कम ब्याक गर्ने चर्चा चलेको थियो । तर उक्त फिल्म निर्माण तयारीमै रोकियो ।

अहिले भने उनको कम ब्याक पक्कापक्की भएको छ । उनले  ‘मायाको माया’ नामक फिल्मबाट अभिनयमा कम ब्याक गर्ने भएका हुन् । फिल्मका लागि उनले केही साताको वर्कसप समेत गरिसकेका छन् 
हमाल अहिले श्रीमतीसहित दुबईमा छन् । एक सांगीतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । त्यसबाट फर्किएपछि फिल्म सुटिङका लागि उनले समय उपलब्ध गराउनेछन् ।

फिल्ममा हमालको अलवा अभिनेता अनुप बिक्रम शाही,  आना शर्मा देखिने छिन् । हमालको अपोजिटमा को भन्ने अहिले सार्वजनिक गरिएको छैन । फिल्मबाट सर्वानी पाण्डेले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् भने भारतबाट तन्ह्भी आजमीको पनि अभिनय रहनेछ ।

रोहित करण बैधको निर्देशन रहेन फिल्म ड्राइभर इंक प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप