शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ तलबमान कार्यान्वयनमा, मावि प्रथम श्रेणीका शिक्षकको तलब ६८ हजार

मङ्गलबार, ३१ साउन २०७९, १२ : ०५
मङ्गलबार, ३१ साउन २०७९

नयाँ आर्थिक वर्षदेखि बढेको तलबमान कार्यान्वयनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण मार्फत १५ प्रतिशत तलब बृद्धिको घोषणा गरेका थिए ।  साउन १ गतेदेखि लागू भएको नयाँ तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड र प्राविधिक ग्रेड बृद्धिलाई अनुमोदन गरेको थियो । 

नयाँ तलबमान सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीको साउन १ गतेदेखि तलब बढेको थियो । 
नयाँ तलबमान अनुसार सामुदायिक विद्यालयमा कार्यरत मावि प्रथम श्रेणीका शिक्षकको तलब ६८ हजार १४५ रूपैयाँ पुगेको छ । ५६ हजार ७८७ तलब स्केल रहेकोमा ६ ग्रेडको ११ हजार ३५८ रूपैयाँ तोकिएको छ । प्रति ग्रेड १८९३ रूपैयाँ रहेको छ । 

त्यस्तै माध्यमिक तहकै द्वितीय श्रेणीका शिक्षकको तलब ६१ हजार ७३७ र तृतीय श्रेणीका शिक्षकको तलब ५५ हजार ३३७ पुगेको छ । निमावि तह अन्तर्गत प्रथम श्रेणीका शिक्षकको तलब ५८ हजार ९४, द्वितीय श्रेणीको ५५ हजार ३३७ र तृतीय श्रेणीका शिक्षकको तलब ४३ हजार ९९४ पुगेको छ । 

प्रावि तहका एसएलसी उत्तीर्ण प्रथम श्रेणीका शिक्षकको तलबमा ५५ हजार ३३७, द्वितीय श्रेणीको ४३ हजार ९९४, तृतीय श्रेणीका शिक्षकको तबल ३९ हजार ४८४ पुगेको छ । त्यस्तै दुई विषयसम्म एसएलसी अनुत्तीर्ण शिक्षकको तलब ३३ हजार १३२, दुई वर्षभन्दा बढी एसएलसी अनुत्तीर्ण शिक्षकको ३१ हजार २९६ रूपैयाँ तलब पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप