बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकी सेना नेपाल आएको भन्दै सांसदले खोजे जवाफ

मङ्गलबार, ३१ साउन २०७९, १२ : ०२
मङ्गलबार, ३१ साउन २०७९

अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै सांसदले सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् । 

‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा सरकारले यो के गर्न खोजेको हो ?’, उनले प्रश्न गरे । 

अधिकारीले बुढीगण्डकीको काम तत्काल सुरु गर्न लगायतका समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप