आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भूमाफिया पीडित किसानलाई प्रचण्डले भने– ‘न्याय दिलाउन पार्टीको तर्फबाट पहल गर्छु’

मङ्गलबार, ३१ साउन २०७९, १७ : ००
मङ्गलबार, ३१ साउन २०७९

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ स्थित सनहीका ६५ घरपरिवार किसानले भेटेका छन् । भूमाफियाले कर्मचारीको मिलोमतोमा ६५ परिवारको ३४ बिगाहा जग्गा हडपेपछि पीडितहरुले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डलाई भेटेर आफ्नो गुनासो राखेका हुन् ।

‘भूमाफिया र कर्मचारीको मिलोमतोमा तपाईहरुले जोत भोग गर्दै आएको जग्गा हडपे छन् । तपाईहरुले मुद्धा समेत हाल्नु भएको रहेछ । मुद्धा जित्नुहुन्छ भन्ने विश्वास लिएको छु’ प्रचण्डले भने,‘मैले र पार्टीको तर्फबाट तपाईंहरु​को न्यायको लागि लड्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ 

भूमाफिया र कर्मचारीको मिलोमतोमा ३४ बिगाहा जग्गा हडपेपछि न्यायका लागि पीडित परिवार काठमाडौं आई धर्ना दिईरहेका छन् । पीडित किसानले विशेष अदालतमा मुद्धा दायर गरिसकेकाले फैसलाको पर्खाइमा बसेका छन् । पीडितले न्याय नपाएसम्म आफूहरु घर नफर्किने अडानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप