बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

मङ्गलबार, ३१ साउन २०७९, ११ : ४६
मङ्गलबार, ३१ साउन २०७९

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेबाट बैठक चलिरहेको छ ।

काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा लगायतका शीर्ष नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । नागरिकता विधेयकका सन्दर्भमा छलफल गर्न प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेतालाई बालुवाटार बोलाएका थिए ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकोबारे गठबन्धन दलबीच छलफल भइरहेको छ । गठबन्धनमा सहमति जुटे आजै नागरिकता विधेयक संसदीय प्रक्रियामा पुनः जाने छ । यसका अलवा आगामी निर्वाचनको चुनावी तालमेलबारे पनि छलफल भइरहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप