शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाबरी’ टिजर : अदितिका लागि दुई धिरजको लडाइँ

मङ्गलबार, ३१ साउन २०७९, ११ : ४५
मङ्गलबार, ३१ साउन २०७९

१४ असोजमा प्रदर्शनमा आउने फिल्म हो ‘बाबरी’ । ३१ भदौमा प्रदर्शनको तयारीमा रहेको यो फिल्मले हालै रिलिज मिति परिवर्तन गरेको हो । रिलिज मिति परिवर्तन गरेपनि फिल्मले प्रचार प्रसार भने गरिरहेको छ । 
यस्तैमा निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा दुई युवक एक युवतीको प्रेममा डुबेपछि आउने उतार–चढावलाई समेटेको छ । टे«लरमा अभिनेत्री अदिति बुढाथोकीको माया पाउन धीरज मगर र धीरज नाडकरले गरेको संघर्ष समेत समेटिएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा दुई धिरज र अदितीका अलावा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङ लगायतको पनि अभिनय छ । 
धीरज नाडकरले यसै फिल्मबाट अभिनयमा डेब्यू गरेका हुन् । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुस्मा गुरुङ छिन् ।

सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईँ र अनमोल गरुङको संगीत, रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा तथा संवाद र नरेन्द्र मैनालीको छायांकन छ । काठमाडौं, झापा, मोरङ र सिक्किममा फिल्म खिचिएको हो । फिल्मको ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत यतिबेला चर्चामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप