मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्काको बन्दरगाह पुग्यो चिनियाँ जहाज, भारतको आपत्ति

मङ्गलबार, ३१ साउन २०७९, ११ : २४
मङ्गलबार, ३१ साउन २०७९

भारतको आपत्तिका बाबजुद अनुसन्धानमा प्रयोग हुने चीनको एक जहाज श्रीलङ्काको हम्बानटोटा बन्दरगाह पुगेको छ । 

युवान वाङ ५ जहाजलाई श्रीलङ्काको पानीमा कुनै पनि अनुसन्धानको काम नगर्ने शर्तमा बन्दरगाहमा पार्क गर्ने अनुमति दिइएको बन्दरगाहका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भारतले यसअघि सो जहाज जासुसका लागि प्रयोग हुनसक्ने भन्दै आपत्ति जनाएको थियो । श्रीलङ्काको विदेश मन्त्रालयले सो जहाज बन्दरगाहमा २२ अगस्तसम्म रहने जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप