शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाले बनायो नयाँ सुपरकम्प्युटर, मर्दै गरेको सुपरनोभाको खिच्यो शानदार तस्बिर

मङ्गलबार, ३१ साउन २०७९, ११ : २०
मङ्गलबार, ३१ साउन २०७९

अष्ट्रेलियाको एउटा नयाँ सुपरकम्प्युटिङ सिस्टमले नष्ट भइसकेको सुपरनोभाको असाध्यै शानदार तस्बिर खिचेको छ । नयाँ जेनेरेशनको रेडियो टेलिस्कोप जस्तो अष्ट्रेलियन स्क्वायर किलोमिटर एरे पाथफाइन्डर (एएसकेएपी) लाई सुपर कम्प्युटरमा चल्ने असाध्यै सक्षम सफ्टवेयरको आवश्यकता हुन्छ । त्यसैले पावसी सुपरकम्प्युटिङ रिसर्च सेन्टरले सेटोनिक्स नामको एउटा नयाँ सुपरकम्प्युटर लञ्च गरेको छ ।

एएसकेएपीमा ३६ डिश एन्टिना छ जुन टेलिस्कोपले झैँ काम गर्छ । यसलाई अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी सीएसआइआरओले चलाउँछ । यसले संकलन गरेको डाटा, हाई स्पिड अप्टिकल फाइबरमार्फत् पावसी सेन्टरमा पनि पठाइन्छ जहाँ यसलाई प्रोसेस गरिन्छ र यो तस्बिरमा बदलिने गर्छ ।

सेटोनिक्सले मर्दै गरेको सुपरनोभा G261.9 + 5.5 को निकै सुन्दर तस्बिर खिचेको छ । यो सुपरनोभा करिब १० लाख वर्ष पुरानो हुनसक्छ । यो हामीभन्दा १०,०००–१५,००० प्रकाश वर्ष टाढा छ । सीएसआइआरओका रेडियो खगोल विज्ञानी एरिक आल हिलले यसबारे पहिलो पटक सन् १९६७ मा मृत ताराको रुपमा वर्णन गरेका थिए । नष्ट भइसकेको सुपरनोभा (एसएनआर), मरेका ताराहरुको शक्तिशाली बिस्फोटको अवशेष हुन् ।

SNR G261.9+05.5 को तस्बिर हेर्दा निकै सुन्दर भएपनि एएसकेएपीको एस्ट्रोनोमी सर्भेको डाटाको प्रोसेसिङ पनि सुपरकम्प्युटर सिस्टम जाँच्ने एक शानदार तरिका हो । सुपरकम्प्युटरमार्फत् डाटा प्रोसेसिङ निकै जटिल हुन्छ । तर सेटोनिक्ससँग यस्तो खालको गहन प्रोसेसिङका लागि पर्याप्त स्रोत साधन छन् । सेटोनिक्सका लागि यो कदम दुई चरणमध्ये पहिलो चरण हो, दोस्रो यस वर्षको अन्त्यमा पूरा हुने आशा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप