बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा

मङ्गलबार, ३१ साउन २०७९, ११ : ०९
मङ्गलबार, ३१ साउन २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । 

‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो । त्यसबारे उनले एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ । त्यतिञ्जेल विगतमा झै सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहोरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

केही दिनयता काठमाडौंको फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप