बाबुरामसहित नेसपाका ६ नेता चुनाव लड्ने तयारीमा

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसहित ६ जना नेताले प्रतिनिधि सभामा दाबी गर्ने तयारी गरेका छन् । बाबुराम नेतृत्वको पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर निर्वाचनमा जाने निर्णय गरेपछि पार्टीबाट ६ जनाले चुनाव लड्ने इच्छा देखाएका हुन् ।
आगामी मंसिर ४ गते हुने चुनावमा एउटै चुनाव चिह्नमा लड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम सहित नेता कार्यकर्ता आज निर्वाचन आयोग जाने भएका छन् । हँसिया हथौडा चुनाव चिन्हमा लड्ने निर्णय गरेपछि बाबुराम गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् ।
२०७४ सालको चुनावमा बाबुराम काँग्रेससँग तालमेल गरेर निर्वाचित भएका थिए । यो चुनावमा भने पाँच दलीय गठबन्धनबाट गोरखा २ बाट चुनाव लड्ने तयारी गरेका हुन ।
यस्तै अर्का अध्यक्ष महेन्द्र राय यादव सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन् । पाँच दलीय गठबन्धनबाट यादवले चुनाव लड्ने गरि चुनावी गतिविधि अघि बढाएका छन् । यस्तै बाबुराम पुत्री एवम् नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने घोषणा गरिसकेकी छिन् । काठमाडौं क्षेत्र नम्बर ६ वा ७ बाट चुनाव लड्ने योजना बनाएकी छिन् ।
यस्तै नेपाल समाजवादीका नेता गंगा नारायण श्रेष्ठले सिन्धुली २ बाट, भक्तबहादुर शाहले जाजरकोट, विश्वदीप पाण्डेले रुपन्देही क्षेत्र नम्बर २ बाट दाबी गर्ने तयारी गरेका छन् । श्रेष्ठ, शाह र पाण्डेले प्रतिनिधि सभामा टिकट नपाएमा प्रदेश सभा चुनाव लड्ने योजना बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त