बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला

मङ्गलबार, ३१ साउन २०७९, १० : ३१
मङ्गलबार, ३१ साउन २०७९

बुटवल स्थित एक होटलमा बास बसेका दुई जना मृत अवस्थामा फेला परेका छन् । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङ्जा कारीकोटे होटलमा धादिङ घर भएका अन्दाजी ३५ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

उनीहरू होटलको कोठा नं १३४ मा मृत अवस्था फेला परेका हुन् ।  बिहान कोठामा ढोका खोल्दा नखुलेपछि झ्यालबाट हेर्दा मृत अवस्था देखेर होटेल सञ्चालकले खबर गरेको इलाका प्रहरी कार्यालय बुटवल प्रहरी निरीक्षक सन्तोष घिमिरेले  रातोपाटीलाई बताए  ।

उनले भने -'हामी जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरुष कोठाको पङ्खामा झुन्डिएको अवस्थामा  थिए । महिलाको हत्या गरेर  केटाले आत्महत्या गरेको हुनसक्छ । उनीहरू श्रीमान्  श्रीमती  नभएकोले घटना शंकास्पद रहेको छ ।'

दुवै जनाको शव पोस्टमार्टम लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । घटनाको अनुसन्धान चलिरहेको  प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप