बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खतिवडाले छाडे बाबुरामको साथ

मङ्गलबार, ३१ साउन २०७९, १० : १०
मङ्गलबार, ३१ साउन २०७९

नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले आफू पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका छन् । वैकल्पिक शक्ति निर्माणको वकालत गर्दै आएका खतिवडाले जसपा-नेसपा लफडाबाट मुक्त भएको घोषणा गरेका हुन् । 

नेसपा र माओवादी एउटै चुनाव चिह्नबाट लड्ने भएपछि आफूले सो निर्णय लिएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘करिब ८ वर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरूको टिमप्रति आभारी छु । आजबाट जसपा-नेसपा लफडाबाट पूर्णतः मुक्त छु। नेसपा-माओवादी एउटै चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन। धन्यवाद।’

यता माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि आजै  निर्वाचन आयोग जाने भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप