राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा
राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ। विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा ब्यवस्था कडा पारिएको हो ।
मंगलवारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमवार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा ब्यस्त राष्ट्रपतिले अन्नपुर्ण केबलकारको निरीक्षणसमेत गरेकी थिइन् । नागरिकता विद्येयक संघीय संसदमा फिर्ता गरे पछि उत्पन्न सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति भण्डारीको सुरक्षा थप कडा गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
राष्ट्रपति भण्डारीले हालै संघीय संसदले पारित गरेको नागरिकता विद्येयक सदनमा नै फिर्ता गरिदिए पछि विभाजित प्रतिक्रिया आइरहेका छन भने फिर्ता पठाएको सो पत्रको सन्देश पढेर प्रतिनिधिसभा बैठकमा सुनाउने सम्भावित कार्यसुची छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम जितसँगै सुदूरपश्चिम पहिलो, हारे पनि काठमाडौँलाई पछि पार्दै कर्णाली प्ले अफ चरणमा
-
सिंहको शवलाई कांग्रेस पार्टी कार्यालय लगियो
-
हङकङले नेपाललाई दियो ११४ रनको लक्ष्य
-
सांसद र पत्रकारहरुबिचको सम्बन्ध सहज हुनुपर्छ : अध्यक्ष दाहाल
-
सिंहलाई ज्यापु रत्न पुरस्कार
-
लञ्च भयो नयाँ सामाजिक सञ्जाल मोजी, के छन् यसका विशेषता ?