आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

५० वर्ष मूनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गरौं : भुपेन्द्रजंग शाही

मङ्गलबार, ३१ साउन २०७९, ०९ : ३२
मङ्गलबार, ३१ साउन २०७९

नेपाली काँग्रेसका युवा नेताहरूले आगामी निर्वाचनमा युवा सहभागिता बढाउन 'फिप्टी-फिप्टी' अभियान सुरु गरेका छन्। अभियानअन्तर्गत युवा नेता भुपेन्द्रजंग शाहीले ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट अनिवार्य गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

काँग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन उक्त अभियान सुरु गरिएको शाहीले बताए ।  अभियानअन्तर्गत युवा नेताहरूले शीर्ष नेताहरूमाथि निर्वाचनमा सिट बाँडफाँटमा ५० वर्षमुनिकालाई ५० प्रतिशत टिकट दिनुपर्ने दबाब बढाएका छन् । बाँकी ५० प्रतिशत टिकट वितरण ५० वर्षमाथि उमेर भएका नेतालाई हुनुपर्ने उनीहरुको माग  छ ।

नेता शाहीका अनुसार युवाको सहभागिता बढाउन, पार्टीमा परिवर्तनको सन्देश दिन फिप्टी फिप्टीको अभियानमा सुरु गरेको हो । उनले भने, 'यसले युवा मतदाताको आकर्षण बढाउछ । युवाको ऊर्जा, क्षमता र जोस जाँगरलाई पार्टी र देश निर्माणमा सदुपयोग पुग्छ । फिप्टी-फिप्टी अभियानले काँग्रेसलाई बलियो, सशक्त, गतिशील बनाउँछ ।'

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउने अभियानको उद्देश्य रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप