मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजबाट

मङ्गलबार, ३१ साउन २०७९, ०९ : ००
मङ्गलबार, ३१ साउन २०७९

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने आजबाट सुरु हुने भएको छ । 'एक्स व्यालेन्स नेल २२-५५३०'  नाम दिइएको संयुक्त सैन्य अभ्यास साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । 

२०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको 'एक्स व्यालेन्स नेल २२-५५३०'  विगत सरह नै यस वर्ष उनन्चालीसौं संस्करण हुन लागेको सेनाले जनाएको छ ।  रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेन्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास सञ्चालन हुने छन । 

नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम र अभ्यासमा सशस्त्र द्वन्द्वको कानून र सैन्य निर्णय प्रकृया लगायतका विषयमा जानकारी गराइने छ । अभ्यास छाउनी र नगरकोटमा सञ्‍चालन हुने नेपाली सेनाले जनाएको छ । 

उक्त संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्लेक डुकाटेलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्री सहित हिजो नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप