बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तपाईंका छोराछोरीको सानै उमेरमा माया बस्यो ? आमाबुवाले यस्ता गल्ती बिर्सेर पनि नगर्नुहोस्

मङ्गलबार, ३१ साउन २०७९, ०८ : ५७
मङ्गलबार, ३१ साउन २०७९

केही वर्ष अघि बेंगलुरुमा एउटा घटना सार्वजनिक भएको थियो जहाँ १५ वर्षकी एक किशोरीले आफ्ना १९ वर्षका प्रेमीसँग मिलेर पिताको हत्या गरिन् । हत्या किन गरेको भनेर सोध्दा उनका पितालाई आफ्नो प्रेम सम्बन्ध फिटिक्कै चित्त नबुझेपछि आफू यस्तो गर्न बाध्य भएको बताएकी थिइन् । ती किशोरीका अनुसार उनका पितालाई उनको प्रेम सम्बन्धबारे थाहा भएपछि आफूलाई असाध्यै कुटेको र फोन पनि खोसेका थिए । यस्तोमा आफ्नो स्वतन्त्रता फिर्ता पाउनका लागि किशोरी र उनका प्रेमीले मिलेर पिताको हत्या गरिदिए । किशोर–किशोरीले आफ्ना आमाबुवाको प्रतिबन्ध सहन नसकेर आत्महत्या गरेको घटना पनि बेलाबेला सार्वजनिक भइरहन्छन् ।

यस्तोमा प्रश्न के उठ्छ भने यदि तपाईंको बच्चा कुनै रोमान्टिक सम्बन्धमा छन् भने आमा–बुवाले यो परिस्थितिको सामना कसरी गर्नुपर्छ ?

साधारणतया नेपाली परिवारमा जब आमा–बुवालाई आफ्नो बच्चाको सम्बन्धबारे थाहा हुन्छ तब उनीहरुले आफ्नो रिसले यो परिस्थितिलाई सुधार्नुको साटो थप खराब पार्न सक्छन् । यस्तोमा तपाईंले बुझ्नुपर्ने कुरा के हो भने तपाईंका बच्चा ठूला भइरहेका छन् र यो उमेरमा तपाईंले उनीहरुलाई तर्साएर–धम्काएर आफ्नो कुरा मान्न लगाउन सक्नुहुन्नँ ।

किशोरावस्था त्यो चरण हो जसमा बच्चाको शरीरमा विभिन्न खालका परिवर्तन हुने गर्छन् । यो स्थितिमा कसैप्रति आकर्षित हुनु साधारण कुरा हो । यस्तोमा आमाबुवाले आफ्ना बच्चालाई मायालाई सम्झाई बुझाई गर्नुपर्छ । यदि तपाईंको बच्चाले तपाईंसँग हरेक कुरा खुलेर साट्ने गर्छ भने तपाईंले उसलाई तपाईंहरु एउटै टिमको हो भनेर महसुस गराउन सक्नुपर्छ । यसका लागि तपाईंले केही कुरा गर्नुपर्छ । त्यसबारे जानकारी लिऔँ ।

जब तपाईं आफ्नो बच्चासँग आमा–बुवा बनेर कुरा गर्नुहुन्छ भने यो स्थितिमा तपाईंको बच्चाले तपाईसँग केही कुरा लुकाइरहेको हुनसक्छ । थुप्रै पटक जब आमा–बुवालाई बच्चाको सम्बन्धबारे थाहा हुन्छ तब उनीहरुको दिमागमा विभिन्न कुरा खेल्न थाल्छन् जस्तै, ‘यो कसरी भयो, उनीहरुलाई यस्तो गर्ने हिम्मत कसरी भयो, मानिसहरुले के भन्लान्, तिमीले हाम्रो परिवारको बदनाम गर्यौ, आदि इत्यादि ।’

आमा बुवाको यस्तो सोचले उनीहरु असाध्यै रिसाउँछन् । यस्तोमा आमा–बुवाले आफ्नो बच्चालाई नियन्त्रण गर्न खोज्छन् र यसका लागि बच्चालाई सजाय पनि दिन पछि पर्दैनन् । यस्तो व्यवहारले आमाबुवाले कहिँ न कतै बच्चालाई आफूबाट टाढा पारिरहेका हुन्छन् त्यसैले बच्चाले आमाबुवासँग हरेक कुरा लुकाएर गर्न सुरु गर्छन् ।

सन्तानको सम्बन्धलाई कसरी ह्यान्डल गर्ने ?

यी सबै मामिलामा धेरै पटक बच्चालाई आमाबुवाको सहयोग अत्यधिक चाहिएको हुन्छ तर आमाबुवाको रिस र झर्कोफर्कोले बच्चाहरु टाढा हुँदै जान्छन् ।

बच्चाको सम्बन्धबारे थाहा पाएपछि यसरी आफ्ना सन्तानसँग कुरा गर्न सक्नुहुन्छ ।

बच्चाको सम्बन्धलाई स्वीकृति दिनुहोस्

जब आमाबुवालाई बच्चाको सम्बन्धबारे थाहा हुन्छ तब उनीहरुका लागि बच्चाको सम्बन्धलाई स्वीकृति दिन निकै मुश्किल हुन्छ । यस्तोमा ठाडो अस्वीकारको साटो तपाईंले यी कुरामा ध्यान दिन सक्नुहुन्छ

– यदि तपाईंको बच्चा सम्बन्धको विषयमा तनावमा छन् भने यसका लागि कोही एक जनासँग कुरा गर्नुहोस्

– सबैभन्दा पहिला आफ्नो दिमागलाई शान्त गर्नुहोस्

– बच्चाको सम्बन्धबारे थाहा भएपछि तपाईं बच्चामाथि रिस पोख्नुभन्दा आफ्नो पार्टनरसँग कुराकानी गर्नुहोस्

आफ्नो बच्चाको भावनालाई बुझ्नुहोस्

आमाबुवा भएको नाताले तपाईंको बच्चा किशोरावस्थामा पुगेपछि हुने परिवर्तनलाई तपाईंले राम्रोसँग बुझ्न आवश्यक छ । साधारणतया मानिसहरु किशोरावस्थामा बालबालिकाको शरीरमा हुने परिवर्तन बारे त धेरै कुरासँग परिचित छन् तर भावनात्मक परिवर्तनबारे धेरैलाई थाहा नै हुँदैन । यस्तोमा तपाईंले आफ्नो बच्चाको भावना र इमोसन्सलाई बुझ्नुहोस् ।

यतिबेला बच्चाको दिमाग र मनमा विभिन्न खालका परिवर्तन भइरहेका हुन्छन् । यो चरणमा बच्चा थुप्रै पटक बढी नै भावुक महसुस गर्छन् । किशोरावस्था एउटा यस्तो चरण हो जब बालबालिका आमाबुवासँग अलग्गिएर आफ्नो स्वतन्त्रता महसुस गर्न चाहन्छन् । यतिबेला बालबालिकाले आफ्ना नयाँ साथी बनाउँछन् र नयाँ कुरा अनुभव गर्न चाहन्छन् । यो चरणमा तपाईंले आमाबुवा नभई उनीहरुको साथी बन्न सक्नुपर्छ ।

तपाईंले के कुरा बुझ्नुपर्छ भने तपाईंको बच्चालाई अहिले पनि तपाईंको आवश्यकता छ तर भिन्न तरिकाले ।

प्युबर्टीका बेला छोराछोरीमा विभिन्न खालका हर्मोनल परिवर्तन देखिन्छन् । यस्तोमा यदि तपाईंको बच्चाले केही भिन्न तरिकाले प्रतिक्रिया दिन्छन् वा रिस देखाउँछन् भने यसलाई मनमा नलिनुहोस् ।

बच्चाको कुरामा ध्यान दिनुहोस् र उनीहरुको गोपनियताको पनि ख्याल राख्नुहोस् । उनीहरुबारे सबै कुरा थाहा पाउनुपर्छ भनेर उनीहरुको पछाडि हात धोएरै नलाग्नुहोस् ।

प्रेम र सम्बन्धको विषयमा बच्चासँग कुराकानी गर्नुहोस्

धेरैजसो आमाबुवालाई बच्चासँग यो शीर्षकमा कुरा गर्न अचम्म लाग्छ तर तपाईं आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्किएर बच्चासँग यी विषयमा खुलेर कुराकानी गर्नुहोस् । छोराछोरी उनीहरुको आमाबुवासँग खुलेर सबै कुरा सेयर गरुन् भन्ने चाहन्छन् । यही तरिकाले मात्रै बच्चाहरुले तपाईंलाई ध्यानसँग सुन्नेछन् र आफूलाई तपाईंहरुसँग नजिक भएको महसुस गर्नेछन् । कुराकानी गर्दा सबै समस्याको हल निस्कन सक्छ ।

यी टिप्समार्फत् टिनएज प्रेम र सम्बन्धसँग डिल गर्न सक्छन् अभिभावक

यदि तपाईंलाई आफ्ना छोराछोरीको सम्बन्धबारे केही पनि थाहा हुन्छ भने यसबारे कुराकानी गर्नुहोस्, कठोर सजाय दिनेबारे सोच्ने होइन ।

आफ्ना सन्तानलाई केटा–केटी दुबैलाई साथी बनाउन प्रेरित गर्नुहोस्

बच्चामा रोमान्स, यौन आकर्षणजस्ता चिजबारे खुलेर कुराकानी गर्नुहोस् । यदि तपाईंलाई यी विषयमा कुराकानी गर्न लाज लाग्छ भने छोराछोरीलाई काउन्सलर भएठाउँ लिएर जान सक्नुहुन्छ ।

अभिभावकले आफ्ना बच्चाका साथीहरु को–को छन् भनेर पनि थाहा पाउनुपर्छ । उनीहरुलाई समय–समयमा घरमा बोलाउनुहोस् र उनीहरुसँग समय बिताउनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप