बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले आज दल दर्ता गर्दै

मङ्गलबार, ३१ साउन २०७९, ०८ : ४९
मङ्गलबार, ३१ साउन २०७९

निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सीमा आजबाट समाप्त हुन लागेको हो ।

सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेको थियो । आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरे पनि काँग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहहरु मध्ये सत्तारुढ दल नेपाली काँग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप