राष्ट्रपतिद्वारा अन्नपूर्ण केबलकारको अवलोकन
मङ्गलबार, ३१ साउन २०७९, ०८ : २५

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा स्थित अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार उनी पोखरा पुगेर अन्नपूर्ण केबलकारको अवलोकन गरेकी हुन्।
'राष्ट्रपति केबलकारबाट सराङकोटसम्म पुग्नुभयो,' अन्नपूर्ण केबल कारका प्रबन्ध निर्देशक दिनेश पौडेलले भने, 'माथिबाट उहाँले हिमालको अवलोकन गर्नुका साथै पोखराका बारेमा पनि जानकारी लिनुभयो।' पोखराको सेती बगरमा रहेको स्टेसनबाट सराङकोटसम्म पुग्न सकिने यस केबलकारमा राष्ट्रपति भण्डारीसँगै पोखराका मेयर धनराज आचार्यलगायतका व्यक्तित्वको पनि सहभागिता थियो।
सराङकोटमा पोखराका मेयर आचार्य, केबल कारका प्रबन्ध निर्देशकलगायतले केबलकार, त्यस वरपरका मनोरम हिमाललगायतका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन