शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मालेमा चार रुसी सेनाको हत्या

मङ्गलबार, ३१ साउन २०७९, ०८ : ११
मङ्गलबार, ३१ साउन २०७९

अल–कायदा–सम्बन्धित जिहादी समूहले मध्य मालीमा एम्बुसमा पारेर रूसी सुरक्षा समूह वाग्नरका चार भाडाका सैनिकहरूलाई मारेको दाबी गरेको छ । 

सहेलको मुख्य जिहादी गठबन्धन सपोर्ट ग्रुप फर इस्लाम एन्ड मुस्लिम (जीएसआईएम)ले शनिबार वाग्नर सिपाहीहरूको समूहलाई बान्डियागारा क्षेत्रमा आक्रमण गरेको जनाएको छ । जीएसआईएमका लडाकुले रुसी सुरक्षा समूहका चार जनाको हत्या गरेको उक्त समूहले जनाएको छ । 

गुप्तचर अनुगमन समूह एसआइटीई र स्थानीय निर्वाचित अधिकारीले पनि पनि हत्याको पुष्टि गरेका छन् । ‘बन्डियागारा नजिकै जिहादीहरूले सप्ताहन्तमा चार रुसीको हत्या गरेका छन्’, एक स्थानीय अधिकारीले नाम नबताउने शर्तमा भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप