शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

९० किलो गाँजासहित एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा

मङ्गलबार, ३१ साउन २०७९, ०८ : ०१
मङ्गलबार, ३१ साउन २०७९

लहान प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बरको एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ९० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको हो । 

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाँजासहित ईलाका प्रहरी कार्यलय लहानमा राखिएको  डीएसपी मैनालीले बताए । 

पूर्व पश्चिम लोकमार्गमा पूर्व जाँदै गरेको एम्बुलेन्सलाई  लहानबाट पक्राउ गरिएको हाे । घटनाबारे चालकसँग सोधपुछको काम भइरहेको प्रहरीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप