शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

मङ्गलबार, ३१ साउन २०७९, ०७ : ३४
मङ्गलबार, ३१ साउन २०७९

अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने प्रतिबन्ध लगाएको हो । 

संघको चुनाब विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ । तर, स्वतन्त्र चुनाब नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप