विकास र परिवर्तनका लागि एकता र साझा संकल्पको खाँचो छ : मन्त्री विष्ट
कर्णाली प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले जनता र जनप्रतिनिधिबीचको असमानताका कारण विकास र परिवर्तन पछि परेको बताएका छन् । विकास र परिवर्तन चाहने हो भने जनता र जनप्रतिनिधिहरु बीचको दुरी अन्त्य हुन आवश्यक रहेको उनले बताए ।
सोमबार बराहताल गाउँपालिकाको जन भेटघाट कार्यक्रममा पुगेका मन्त्री विष्टले भने,‘जनता र नेताबीचको संस्कार, स्वभावमा एकरुपता छैन् । जसले गर्दा हामी पछि परिरहेका छौं । विकास र समृद्धिका लागि एकता र साझा संकल्पको आवश्यक छ ।’
एउटा पार्टीबाट चुनाव लडेर जितेको नेता, जनप्रतिनिधि गाउँमा आएको खण्डमा अर्को पार्टीका कार्यकर्ताहरु, आस्था राख्ने जनताहरु सहभागि नहुने गरेको उनको दुःखेसो छ । आफ्नो पार्टीको नेता आएको खण्डमा गुनासो राख्ने अर्को पार्टीको मान्छे आएको फर्केर नहर्ने परिपाटीको अन्त्य हुनुपर्ने मन्त्री विष्टले बताए । कार्यक्रममा स्थानीयले खानेपानी, सडक र विद्युतको सन्दर्भमा समस्याहरु सुनाएका थिए । जवाफमा उनले राज्यसँग भएका सीमित साधन र स्रोतबाट क्रमशः यी समस्या समाधान गरिने बताए ।
विद्युतीकरणको सन्दर्भमा मन्त्री विष्टले पश्चिम क्षेत्रमा ५० प्रतिशत विद्युतीकरण भएको र बाँकी रहेका ठाउँमा एकमुस्ट विद्युतीकरण गर्ने गरी टेन्डर भएको जानकारी गराए । साथै उनले आगामी आर्थिक वर्षमा प्रदेश र संघसँगको समन्वयमा सभा हलसहितको वडा कार्यालय स्थापना गर्नतर्फ ध्यान दिन वडाअध्यक्षहरूलाई निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ