यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मङ्गलबार, ३१ साउन २०७९, ०६ : ०२
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा रहेको छ। युरो एकको खरिद दर १२९ रुपैयाँ ६० पैसा र बिक्री दर १३० रुपैयाँ २१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ३७ पैसा र बिक्री दर १५४ रुपैयाँ १० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।