बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ऐसेलुखर्क गाउँपालिकामा तीनजना गाउँ प्रहरी छनोट

सोमबार, ३० साउन २०७९, २२ : ४२
सोमबार, ३० साउन २०७९

खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले तीन जनालाई गाउँ प्रहरी छनौट गरेको छ । गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेकामा कर्मचारी पदपूर्ति समितिको सोमबारको निर्णय अनुसार मिलन राय,साजन राई र नहेमियाँ राई गाउँ प्रहरीमा सिफारिस भएका हुन् ।

सिफारिसमा परेका उम्मेद्वारलाई ७ दिनभित्र नियुक्तिको लागि गाउँ कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।  गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपूर्ति भर्नाका लागि ७ असारमा आवेदन खुलाइएको थियो । २१ असारसम्म दरखास्त म्याद दिइएकोमा २९ पुरुष र ७ महिलाको आवेदन परेको थियो ।

ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवा सुविधा पाउनेगरी १४ फागुन २०७६ मा जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो । तर कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको केही समयपछि पदपूर्ति गरिएको हो । हाल गाउँपालिकामा एक जना मात्र गाउँ प्रहरी कार्यरत छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप