शिक्षक लाइसेन्सको परीक्षामा भिडिओ बनाउने परीक्षार्थीलाई कारबाही
सोमबार, ३० साउन २०७९, २१ : ४९
शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने एक परीक्षार्थीलाई कारबाही गरिएको छ । यही साउन २८ गते कैलालीस्थित धनगढीको त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बमलाई आयोगले कारबाही गरेको हो ।
मर्यादाविपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडिओ बनाएर सामाजिक सञ्जालमा राखेको भन्दै आयोगले उनको परीक्षा रद्द गरेको जानकारी दिएको छ । बमलाई शिक्षक नियमावली २०५७ को नियम २६ को उपनियम १ अनुसार अनुमति पत्रको दरखास्त रद्द गरिने गरी कारबाही गरिएको र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो २ वर्षसम्म आयोगको कुनै परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा