शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानले आणविक वार्ताको ‘अन्तिम’ प्रस्ताव बुझाउने

सोमबार, ३० साउन २०७९, २१ : ४४
सोमबार, ३० साउन २०७९

इरानका विदेशमन्त्रीले सन् २०१५ मा विश्व शक्ति राष्ट्रसँग भएको आणविक सम्झौतालाई पुनर्जीवित गर्ने विषयमा तेहरानले आफ्नो ‘अन्तिम’ प्रस्ताव सोमबार  रातिसम्म प्रस्तुत गर्ने बताएका छन् । “अमेरिकी पक्षले इरानबाट आएका दुई मागलाई मौखिक रूपमा स्वीकारेको छ,” सरकारी समाचार संस्था आइआरएनएले होसेन अमिर अब्दोल्लाहियानलाई उद्धृत गरी उल्लेख गरेको छ ।

उनले भने, “हामी हाम्रो अन्तिम प्रस्ताव सोमबार रातिसम्म लिखित रूपमा पठाउनेछौँ ।” “यदि हाम्रो राय स्वीकार गरियो भने हामी विदेशमन्त्रीहरूको बैठकमा सम्झौता टुङ्ग्याउन र सम्झौता घोषणा गर्न तयार छौं,” उनले भने । इरानले सन् २०१५ मा भएको ऐतिहासिक सम्झौतालाई जोगाउन भियनामा भएको अन्तिम सम्झौतालाई स्वीकार गर्न सक्ने आईआरएनएको समाचारमा शुक्रबार जनाइएको थियो ।

सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका सम्झौताबाट अलग्गिएपछि यो सम्झौता असफल भएको थियो ।  युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले जुलाई २६ मा पेश गरेको प्रस्तावमा तेहरानको प्रतिक्रियाको पर्खाइमा प्रमुख शक्ति राष्ट्रहरु रहेका छन् । इरानी एकजना कुटनीतिज्ञले नाम उल्लेख नगर्ने शर्तमा भने, “यदि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग विचाराधीन मुद्दाहरूमा उनीहरूले इरानलाई प्रतिबन्ध र सुरक्षासँग सम्बन्धित विभिन्न बुँदाहरूमा आश्वासन प्रदान गर्दछन् भने इरानलाई युरोपेली संघका प्रस्तावहरू स्वीकार्य हुनसक्छन् ।” 

बेलायत, चीन, फ्रान्स, जर्मनी, इरान र रुसका साथै अप्रत्यक्ष रुपमा संयुक्त राज्य अमेरिकाले एक महिना लामो अन्तरालपछि अगस्टमा आणविक सम्झौताका लागि वार्ता पुनः सुरु गरेका थिए । सम्झौतालाई पुनर्जीवित गर्न युरोपेली संघ (ईयू) समन्वयित वार्ता अप्रिल २०२१ मा सुरु भएको थियो र मार्चमा रोकिएको थियो ।

युरोपेली संघ (ईयू) ले गत मंगलबार तेहरान र वासिङ्टनले सम्झौतालाई असफल बनाउने उद्देश्यले गरिएको ‘अन्तिम’ पाठको ‘चाँडै’ जवाफ दिने अपेक्षा गरेको बताएको थियो । अमिर अब्दुलाहियानले भने,“लामो वार्तापछि हाम्रो लागि महत्वपूर्ण कुरा भनेको व्यवहारमा प्रतिबन्ध हटाइएको छ कि छैन भन्ने कुराको प्रमाणीकरण हो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप