बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नागरिकता विधेयक अध्ययन गरेर अघि बढाउँछौं : मन्त्री कार्की

सोमबार, ३० साउन २०७९, २० : २३
सोमबार, ३० साउन २०७९

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएका छन् । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति भण्डारीले आइतवार साँझ पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता पठाएकी थिइन् । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाएकी थिइन् । सोमवार सरकारका प्रवक्ता कार्कीले अब नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताए ।  

त्यस्तै सिट बाँडफाँट कार्यदलको आजको बैठकले चाँडो भन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रुपले अघि बढाएको जनाएको छ । मन्त्री कार्कीले सिट बाँडफाँटको मापदण्ड बनाउँदा वि.सं. २०७४ सालको निर्वाचनमा प्राप्त मतहरु, समानुपातिक मत, र २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मतलाई आधार बनाउने बताए । उनले नेकपा (एकीकृत समाजवादी) ले २०७४ सालमा निर्वाचनमा प्रतिष्पर्धा नगरेकोले त्यसलाई विशिष्ट रुपमा राख्दै  मापदण्ड तय गर्ने बताए ।

उनले सिट बाँडफाँटको टुंगो सकेसम्म आउँदो बुधबारसम्म सक्ने लक्ष्य रहेको बताए ।  उनले सकेसम्म बाँडफाँट कार्यदलकै बैठकबाट मिलाएर सिटको टुंगोबारेमा नेतृत्वमा प्रतिवेदन दिने मनशाय रहेको बताए ।  मन्त्री कार्कीले सरकारले कसैकोविरुद्ध पनि गठबन्धन नगरेको भन्दै गठबन्धनमा आउन चाहनेलाई सकारात्मक रुपमा कुरा अघि बढाएको बताए । सिट बाँडफाँट कार्यदलको बैठक बुधवार ४ बजे बस्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप