शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘टाइगर ३’ टिजर : दमदार एक्शनमा देखिए सलमान र कट्रिना

सोमबार, ३० साउन २०७९, १९ : ३७
सोमबार, ३० साउन २०७९

अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ प्रतिक्षित सुचिमा रहेको फिल्म हो । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ प्रति दर्शकको विषेश चासो छ ।

केही अगाडि फिल्म अर्काे वबर्ष प्रदर्शनमा आउने बताइएको थियो । अहिले भने निर्माण युनिटले फिल्मको एक टीजर सार्वजनिक गर्दै फिल्म नयाँ वर्षको २१ अप्रिलमा रिलिज गर्ने बताएको छ ।

टिजरमा सलमान र कट्रिना दमदार एक्शनका साथ देखिएका छन् । टिजर हेरेर फिल्म भरपुर एक्सनले भरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ । फिल्मको टिजर र रिलिज मिति अभिनेत्री कट्रिनाले आफ्नो सामाजिक संजालमा पनि शेयर गरेकी छन् । उनले लेखेकी छन् ‘टाइगर र जोयाको यात्राको एक दशक । यो सफर ‘टाइगर ३’ २०२३ को इदमा रिलिज । फिल्म हिंदी, तमिल र तेल्गुमा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप