गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, गाँठो फुकाउन आन्तरिक छलफल गरिने
सोमबार, ३० साउन २०७९, १९ : ०६
सत्ता गठबन्धनको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले भने, ‘छलफल जारी नै छ । अहिलेसम्म सहमति भएको छैन । अब अर्को बैठक बुधबार ४ बजे बस्छ ।’ कार्यदलको बैठकमा अहिलेसम्म ठोस रुपमा छलफल अगाडि नबढेको काँग्रेस महामन्त्री गगन थापाले बताए ।
उनले भने, ‘अहिलेसम्म ठोस रुपमा छलफल भएको छैन । बुधबार ठोस रुपमा छलफल हुन्छ होला ।’ मंगलबार आन्तरिक र अन्तरपार्टी छलफल गर्ने कार्यदलका सदस्यको तयारी छ । उनले भने, ‘पाँच दल एकै ठाउँमा बस्दा गाँठो फुकेन । भोलि हामी आ– आफू र अरु दलसँग बस्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण