राप्रपामा गठबन्धनको निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई
सोमबार, ३० साउन २०७९, १९ : ००
राप्रपाले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल र गठबन्धनबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । केन्द्रीय कार्य सम्पादन समितिको मंगलवार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल र गठबन्धनबारे निर्णय गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकले लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन समिति र संसदीय समिति गठन गरेको उनले बताए । यस्तै चुनावी घोषणापत्र बनाउन प्रा.डा. गीताभक्त जोशीको संयोजकत्वमा सगुन सुन्दर लावती, रमानन्द न्यौपाने, प्रा. जयन्तनाथ खनाल र हेमराज कार्की सदस्य रहेको मस्यौदा समिति गठन गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण