बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिमरा–कोहल्वी सडक खण्डको बडहर्वा पुल डेढ वर्षपछि सञ्चालनमा

सोमबार, ३० साउन २०७९, १८ : ४०
सोमबार, ३० साउन २०७९

मुआब्जा विवादले डेढ वर्षदेखि अलपत्र अवस्थामा रहेको सिमरा –कोहल्वी सडकखण्ड अन्तर्गतको बडहर्वा पुल सोमबारदेखि सञ्चालनमा आएको छ । १२ करोड लगानीमा निर्माणधिन पुल मुआब्जा विवादले डेढ वर्षदेखि अलपत्र अवस्थामा रहेकोमा हाल स्थानीय जनप्रतिनिधि तथा बाराका संघीय सांसद रामबाबु यादवको पहलमा सञ्चालनमा आएको हो । 

एमाले नेता रघुवीर महासेठका भाइ परमेश्वर महासेठले पुलमा आफ्नो निजी जग्गा परेको भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा पुलको निमार्ण काम रोक्न निवेदन दिएका थिए । महासेठले प्रतिकट्ठा ७ देखि ८ लाखको दरले १० कट्ठाको करिब ८० लाख क्षतिपूर्ति दावी गर्दै उच्च अदालत वीरगञ्जमा रिट निवेदन दिएका हुन् । करिब २ सय ५० मिटर लामो पुलले साढे २ बिगाहा जग्गा ओगटेको स्थानीयले बताएका छन् । यसमध्ये महासेठको १० कठ्ठा जग्गा पुलको क्षेत्रभित्र परेको छ । 

८० प्रतिशत निमार्णको काम सम्पन्न भएपछि क्षतिपूर्तिको मागदाबी गर्दै अदालत पुगेका महासेठले नियोजित ढंगले पुलको काम रोक्न खोजेको भन्दै स्थानीयहरुले विरोध गरेका थिए । एउटा व्यक्तिको कारण हजारौँ स्थानीयहरुले समस्या झेलिरहेको भन्दै जनप्रतिनिधि र सांसद यादवको पहलमा सहमति गरेर डेढवर्ष पछि पुल सञ्चालनमा ल्याइएको हो । अधुरो पुलको बाँकी काम सम्पन्न गर्न संघिय सांसद यादव, जीतपुर सिमरा उपमहानगर र क्रसर व्यवसायीहरुको करिव २० लाख आर्थिक तथा भौतिक सहयोग गरेका जसपा नेता भरत खड्काले जनाएका छन् । 

‘पुलको पश्चिमतर्फ र माथिल्लो भागमा ढलान गर्ने, पुलको दुवैतर्फ बाटो खुलाउन माटो भर्ने, ग्याबेल गर्ने, पुल सम्म पुग्ने पहुँच मार्गमा कल्भट निमार्ण गर्ने लगायतको काममा २० लाख भन्दा बढी  खर्च भएको छ’ जसपा नेता भरत खड्काले भने । बारा निर्वाचन क्षेत्र नम्बर ३ का संघीय सांसद रामबाबु यादवले मुआब्जा विवादलाई डेढ वर्षदेखि अवरुद्ध रहेको पुल सञ्चालनमा सबै दलहरूको सहयोगमा पुल सञ्चालन सम्भव भएको बताए । जितपुरसिमरा, कलैया,कोहल्वी नगरपालिका हुदै रौतहटसम्म जोड्ने सडकखण्डमा पर्ने सो पुल सञ्चालनमा आएसँगै आवतजावत समेत सहज भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप