बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयक फिर्ता भएपछि भैरहवामा विरोध प्रदर्शन

सोमबार, ३० साउन २०७९, १८ : ३६
सोमबार, ३० साउन २०७९

राष्ट्रपति  विद्यादेवी भण्डारीले नागरिकता  विधेयक फिर्ता  गरेपछि भैरहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले सोमबार भैरहवाको मिलन चोकमा नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।  

भैरहवामा पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा , जिल्ला इन्चार्ज मोहन लाल यादव, केन्द्रीय कार्यकारी सदस्य निर्मला कुमारी यादव, प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लाम लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थियो । 

केन्द्रीय नीति अनुसार आज भैरहवामा विरोध गरिएको प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लामले रातोपाटीलाई बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप