थप मल पाउने सहमतिमा महानगरले छाडिदियो कृषि साम्रगीको ट्रक
सोमबार, ३० साउन २०७९, १८ : ३३
वीरगञ्ज महानगरपालिकाले १० हजार बोरा युरिया मल थप पाउने सहमति भएपछि आइतवार कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको छ । बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाको स्थानीय तहहरूको लागि लोड भएको युरिया मल महानगरले वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरवाटै नियन्त्रणमा लिइएको थियो ।
सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच ५ बुँदे सहमति भएको छ । जसमा वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने उल्लेख छ । साथै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगञ्जलाई उपलब्ध गराउने सहमति भएको छ ।
सो सहमतिपछि वीरगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएको मलको ट्रक कृषि सामग्री कम्पनीको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप