नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश राष्ट्रिय हित अनुरूप : भीम रावल
नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुलाे प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको बताएका छन् । देशलाई कमजोर पार्ने उदेश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएर राष्ट्र हितमा काम गरेको समेत उनले जनाएका हुन् ।
‘खुकुलो नागरिकताले नेपाल कमजोर पार्ने प्रपञ्च छ । नेपालीले सहजै नागरिकता पाउने र विदेशीले नपाउने नीति देश हितमा छ,’ नेता रावलले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रपतिको सन्देश संविधानको धारा ११३ (३) र राष्ट्रिय हित अनुरूप छ । देश हित रक्षामा संविधानसम्मत पाइला चाल्नु उहाँको कर्तव्य हो ।’
प्रमाणीकरणको लागि सभामुखले पठाएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभामा फिर्ता पठाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण