नागरिकता विधेयक फिर्ता भएपछि काँग्रेस रौटहटले गर्यो विरोध प्रदर्शन
नेपाली काँग्रेस रौतहटले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएपछि विरोध प्रदर्शन गरेको छ । काँग्रेसले सोमबार रौतहटको गरुडा नगरपालिकाको गौर चपुर जाने बाटो ३० मिनेट चक्का जाम गरी विरोध जनाएका हो ।
काँग्रेस रौतहटका वरिष्ठ नेता हृदयनारायण यादवको अध्यक्षतामा भएको कोणसभामा बोल्ने वक्ताले अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण नगरे मधेसमा भीषण आन्दोलन हुने चेतावनी दिएका थिए । यस्तै मधेस प्रदेश सदस्य एवम सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिशकुमार गुप्ताले मधेस प्रदेशमा हजारौं जनता नागरिक अधिकारबाट बन्चित गरेको बताए । राष्ट्रपति भण्डारीले संसदको मर्यादालाई अपमानित गरेर नागरिकता विधेयक फिर्ता गरेको भन्दै उनले आपत्ति जनाए ।
त्यस्तै पूर्व उपसभापति सुनिलकुमार यादवले जन्मसिद्ध नागरिकका छोराछोरीहरूले नागरिकता नपाउँदा राज्यको सेवा सुविधा बन्चित हुने अवस्था रहेको बताए। विरोध कार्यक्रमा नेता राम यादव, रामसेनेही यादव लगायतले नागरिकता विधेयक फिर्ता भएकोप्रति खेद प्रकट गरेका थिए ।
युनामाई गाउँपालिका सभापति सीताराम यादव , वडा सभापति हरिन्द्र कुमार, महाधिवेशन प्रतिनिधि रामकृष्ण चौधरी लगायतका नेता–कार्यकर्ताहरु उपस्थित थिए ।
राष्ट्रपति भण्डारीले आइतबार नागरिकता विधेयक फिर्ता गरेकी थिइन् । प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण