शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

युवा संघले उठायो फोहोर

सोमबार, ३० साउन २०७९, १७ : २२
सोमबार, ३० साउन २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रको फोहोर उठाएको छ । युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठाउँदै कार्यक्रमको सुरुवात गरेको हो ।

बानेश्वर क्षेत्र वरपर, रत्नराज्य स्कुल हुँदै पुरानो बानेश्वरमा रहेको फोहोर उठाएर पेप्सीकोलामा रहेको फोहोर प्रशोधन स्थलमा लगेको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । यसरी उठाएको फोहोर मनोहरा मल्टिप्रपोज कम्पनी प्रालिको फोहोर बोक्ने गाडीमा हालेर प्रशोधन स्थलसम्म लगिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप