बन्चरेडाँडामा स्थानीयको ढुंगामुढा : बिहान फोहोर फाल्न दिए, दिउँसो फेरि रोके
नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर बोकेका गाडी तथा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दै अवरोध गरेका छन् । सोमबार दिउँसो फोहोर बोकेर गएका गाडी तथा सुरक्षाकर्मीलाई उनीहरुले ढुंगा तथा गुलेलीले हानेका हुन् ।
बिहान फोहोर बोकेर गएका ५६ वटा गाडीले मात्र फोहोर खसालेर आएको र दिउँसो गएका सवारीले फोहोर खसाल्न नपाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘फेरि फोहोर फाल्न अवरोध गरे, सुरक्षाकर्मी र गाडीमाथि ढुङ्गा हाने भन्ने कुरा आएको छ । बिहान गएको ५६ वटा गाडीले फोहोर खसालेपनि दिउँसो फेरि अवरोध भएको छ । एकछिनमा फोहोर फ्याँक्न दिने, एकछिनपछि फेरि अवरोध गर्ने, वञ्चरेडाँडाको अवस्था बुझिनसक्नु छ ।’
दिउँसो केही मानिसहरुले फोहोर फ्याँक्न अवरोध गरेपनि अहिले फोहोर विसर्जन भइरहेको महानगरपालिका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । बञ्चरेडाँडाका स्थानीयको निरन्तरको अवरोधका कारण काठमाडौंमा फोहोर मैला थुप्रिएको कैयौँ हप्ता भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण