बन्चरेडाँडामा स्थानीयको ढुंगामुढा : बिहान फोहोर फाल्न दिए, दिउँसो फेरि रोके

नुवाकोटको बञ्चरेडाँडाका स्थानीयले फोहोर बोकेका गाडी तथा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्दै अवरोध गरेका छन् । सोमबार दिउँसो फोहोर बोकेर गएका गाडी तथा सुरक्षाकर्मीलाई उनीहरुले ढुंगा तथा गुलेलीले हानेका हुन् ।
बिहान फोहोर बोकेर गएका ५६ वटा गाडीले मात्र फोहोर खसालेर आएको र दिउँसो गएका सवारीले फोहोर खसाल्न नपाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘फेरि फोहोर फाल्न अवरोध गरे, सुरक्षाकर्मी र गाडीमाथि ढुङ्गा हाने भन्ने कुरा आएको छ । बिहान गएको ५६ वटा गाडीले फोहोर खसालेपनि दिउँसो फेरि अवरोध भएको छ । एकछिनमा फोहोर फ्याँक्न दिने, एकछिनपछि फेरि अवरोध गर्ने, वञ्चरेडाँडाको अवस्था बुझिनसक्नु छ ।’
दिउँसो केही मानिसहरुले फोहोर फ्याँक्न अवरोध गरेपनि अहिले फोहोर विसर्जन भइरहेको महानगरपालिका प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । बञ्चरेडाँडाका स्थानीयको निरन्तरको अवरोधका कारण काठमाडौंमा फोहोर मैला थुप्रिएको कैयौँ हप्ता भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
-
रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?
-
मधेस प्रदेशमा अझै कुप्रथाले जरा गाडेको छ : प्रधानमन्त्री