शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई भेट्न हृदयेश त्रिपाठी बालकोट पुगे

सोमबार, ३० साउन २०७९, ११ : ००
सोमबार, ३० साउन २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी बालकोट पुगेका छन् । सोमबार त्रिपाठी चुनावी तालमेल र नागरिकता विधेयकका विषयमा छलफल गर्न ओली निवास बालकोट पुगेका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा एमालेको चुनाव चिन्ह सूर्य लिएर त्रिपाठी समुह चुनावमा गएको थियो । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकन थालेपछि त्रिपाठी बालकोट पुगेका छन् । ‘आज केपीजीलाई भेट्न बालकोट गए । नागरिकता विधेयक र समसामयिक विषयमा छलफल भयो’ रातोपाटीसँग कुरा गर्दै त्रिपाठीले भने,‘अरु केपीजीसँग के-के कुरा भयो त्यो सबै मिडियालाई बताउनुपर्छ भन्ने छैन ।’ त्रिपाठीले ओलीसँग सूर्य चिन्ह लिएर चुनाव लड्न प्रस्ताव गरेको बुझिएको छ । यद्यपी उनले यस विषयमा खुलाउन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप