ओलीलाई भेट्न हृदयेश त्रिपाठी बालकोट पुगे
सोमबार, ३० साउन २०७९, ११ : ००
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी बालकोट पुगेका छन् । सोमबार त्रिपाठी चुनावी तालमेल र नागरिकता विधेयकका विषयमा छलफल गर्न ओली निवास बालकोट पुगेका हुन् ।
२०७४ सालको प्रतिनिधिसभा चुनावमा एमालेको चुनाव चिन्ह सूर्य लिएर त्रिपाठी समुह चुनावमा गएको थियो । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा चुनाव नजिकन थालेपछि त्रिपाठी बालकोट पुगेका छन् । ‘आज केपीजीलाई भेट्न बालकोट गए । नागरिकता विधेयक र समसामयिक विषयमा छलफल भयो’ रातोपाटीसँग कुरा गर्दै त्रिपाठीले भने,‘अरु केपीजीसँग के-के कुरा भयो त्यो सबै मिडियालाई बताउनुपर्छ भन्ने छैन ।’ त्रिपाठीले ओलीसँग सूर्य चिन्ह लिएर चुनाव लड्न प्रस्ताव गरेको बुझिएको छ । यद्यपी उनले यस विषयमा खुलाउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण