नेप्सेमा ५५ अंकको वृद्धि, तीन कम्पनीको सेयर मूल्यमा सर्किट
केहीदिन यताको लगातार करेक्सनपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा ५५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ५५.८८ प्रतिशतले वृद्धि हुँदै २ हजार ६५.८९ अंकमा उक्लिएको हो ।
यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२३ अंकले बढ्दै २९८.१३ अंकमा उक्लिएको छ । १३ वटै उपसूचक धनात्मक भएको आज २ अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.३८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ५.३३ प्रतिशतले, हाइड्रोपावर समूह ४.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ४.३८ प्रतिशतले, होटल तथा पर्यटन समूह ३.११ प्रतिशतले वृद्धि भएको छ । अन्य समूहको उपसूचक ६.२७ प्रतिशतले वृद्धि भएको छ ।
आज तीन वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा दुई दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ५ प्रतिशत माथिले बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण