शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युगल सहायक प्रशिक्षक र विनोद गोलरक्षक प्रशिक्षक नियुक्त

सोमबार, ३० साउन २०७९, १५ : ०१
सोमबार, ३० साउन २०७९

बंगलादेशसँग आगामी असोज ११ गते काठमाडौंमा हुने मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राईलाई सहायक प्रशिक्षकमा नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार दुबै जनालाई जिम्मेवारीमा राखेको जनाएको हो ।

त्यस्तै एन्फाले मैत्रीपूर्ण खेलको गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल नियुक्त गरेको छ । नेपालले घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेलको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईं रहनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप