शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउन आवश्यक : प्रचण्ड

सोमबार, ३० साउन २०७९, १४ : ५२
सोमबार, ३० साउन २०७९

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनुपर्ने बताएका छन् । सोमवार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सम्पूर्ण तागत लगाउनु आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालको विकासको स्वरुप आफ्नै प्रकारको हुनुपर्ने बताए । नेपाली मोडेलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भुगोल, संस्कृति र जातिय बनावट अनुकुल नेपाली स्वरूपको विकास गर्न सक्नुपर्ने बताए ।

अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिए । उनले मानिसहरुको जीवन सरल र सहज बनाउनको निम्ति कला र संस्कृतिको ठूलो भुमिका हुने बताए । कला र संस्कृतिले मानिसलाई सफल जीवन जिउनका लागि प्रेरणा दिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप