राष्ट्रपतिको कदमको मालेद्वारा स्वागत
सोमबार, ३० साउन २०७९, १४ : ४२
नागरिकता विधेयक पुनः प्रतिनिधिसभामै फिर्ता पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको नेकपा मालेले स्वागत गरेको छ ।
‘साउन १५ गते प्रतिनिधि सभाका सभामुखले प्रमाणित गरी राष्ट्रपति समक्ष पठाएको “नागरिकता विधेयक– २०७९”लाई राष्ट्रपतिले पुनर्विचारको निम्ति सन्देशसहित संसदमा फिर्ता पठाउने २९ साउन, २०७९ को कार्यले उक्त विधेयक नेपाली जनता तथा राष्ट्रका हित र संविधानको भावना तथा कानुनको प्रतिकुल थियो भन्ने कुरा थप प्रमाणित भएको छ । नेकपा (माले) राष्ट्रपतिको यस कदमलाई स्वागत तथा समर्थन गर्दछ’मालेका महासचिव सीपी मैनालीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मालेले अबको निर्वाचनबाट आउने संसदले गर्नेगरी तत्काल यसको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण