राष्ट्रपतिको कदमको मालेद्वारा स्वागत
सोमबार, ३० साउन २०७९, १४ : ४२

नागरिकता विधेयक पुनः प्रतिनिधिसभामै फिर्ता पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको नेकपा मालेले स्वागत गरेको छ ।
‘साउन १५ गते प्रतिनिधि सभाका सभामुखले प्रमाणित गरी राष्ट्रपति समक्ष पठाएको “नागरिकता विधेयक– २०७९”लाई राष्ट्रपतिले पुनर्विचारको निम्ति सन्देशसहित संसदमा फिर्ता पठाउने २९ साउन, २०७९ को कार्यले उक्त विधेयक नेपाली जनता तथा राष्ट्रका हित र संविधानको भावना तथा कानुनको प्रतिकुल थियो भन्ने कुरा थप प्रमाणित भएको छ । नेकपा (माले) राष्ट्रपतिको यस कदमलाई स्वागत तथा समर्थन गर्दछ’मालेका महासचिव सीपी मैनालीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मालेले अबको निर्वाचनबाट आउने संसदले गर्नेगरी तत्काल यसको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड
-
‘छक्का पन्जा ५’ अब ओटीटीमा
-
अमेरिकामा व्यापार युद्धको इतिहास
-
नयाँ वर्षको पहिलो दिन ‘पिताम्बर’को उत्साहजनक व्यवसाय