सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्ग सेवा ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति
सिद्धार्थ बैंकले मोबाइल बैंकिङ्ग सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरेको छ । यससँगै बैंकको मोबाइल बैंकिङ सेवा ‘सिद्धार्थ बैंक स्मार्टएक्सपी’ सञ्चालनमा ल्याएको छ । जस मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा, जहाँसुकैबाट मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् ।
यसमार्फत मार्फत ग्राहकहरुले निम्न बैंकिङ्ग सुविधाहरुको लाभ लिन गर्नेछन्:
- पासवर्डरपिन बिर्सिएमा आपैmले रिसेट गर्न सकिने
- नयाँ चेकबुक अनुरोध गर्न सकिने
- बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने
- बैंकका कर्मचारीहरूसँग भेट्ने समय सुनिश्चित गर्न सकिने
- निक्षेप तथा कर्जा खाताको ब्याज हेर्न सकिने
यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दती खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत क्युआर कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्ने बैंकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
-
माघ महिनाभित्र घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन्छौँ : मन्त्री भण्डारी
-
धादिङमा दुई समूहबिच कुटाकुट हुँदा घाइते भएका पुरुषको मृत्यु, १ जना पक्राउ
-
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता हुँदै
-
भोजपुरमा खाद्य गोदामबाट चामल वितरण सुरु
-
पाँच महिनामा पाँच हजार बढी फरार प्रतिवादी पक्राउ