राष्ट्रपतिको कदम जनमोर्चाद्वारा स्वागत
सोमबार, ३० साउन २०७९, १४ : २०
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाएकोमा राष्ट्रिय जनमोर्चाले स्वागत गरेको छ । पार्टीले विधेयकलाई अस्वीकार गर्न सांसदहरूलाई आग्रहसमेत गरेको छ ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले राष्ट्रघाती नागरिकता विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाएकोमा त्यसलाई हाम्रो पार्टीले स्वागत गर्दछ । नेपालका लागि त्यस प्रकारको अत्यन्तै खुकुलो नागरिकता विधेयक आत्मघाती हुन्छ । त्यसलाई प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरूले अस्वीकार गर्न हामीले अनुरोध गर्दछौँ ।’’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण