मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको कदम जनमोर्चाद्वारा स्वागत

सोमबार, ३० साउन २०७९, १४ : २०
सोमबार, ३० साउन २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाएकोमा राष्ट्रिय जनमोर्चाले स्वागत गरेको छ । पार्टीले विधेयकलाई अस्वीकार गर्न सांसदहरूलाई आग्रहसमेत गरेको छ ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले राष्ट्रघाती नागरिकता विधेयकलाई पुनर्विचार गर्न फिर्ता पठाएकोमा त्यसलाई हाम्रो पार्टीले स्वागत गर्दछ । नेपालका लागि त्यस प्रकारको अत्यन्तै खुकुलो नागरिकता विधेयक आत्मघाती हुन्छ । त्यसलाई प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदहरूले अस्वीकार गर्न हामीले अनुरोध गर्दछौँ ।’’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप