मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

देशको स्थायित्व र विकासका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ : प्रचण्ड

सोमबार, ३० साउन २०७९, १४ : १६
सोमबार, ३० साउन २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब यो देशको स्थायित्व र विकासका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक भएको बताएका छन् । रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित कलाकार सम्मान र पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रचण्डले राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरिएकाले अब समृद्धिमा लाग्नुपर्नेमा जोड दिए । 

‘यो राजनीतिक परिवर्तनका लागि धेरै संघर्ष गरियो । अब देशको स्थायित्व र विकासको निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक छ’ प्रचण्डले भने, ‘मैले एकपल्ट देशको आर्थिक समृद्धिको निम्ति नेपाली जनताले चाहेअनुसार विकासको एउटा नयाँ मोडल विकास गर्नकै निम्ति आफूलाई प्रतिवद्धता व्यक्त गर्दै आएको छु ।’ नेपाललाई प्रकृतिले धेरै दिएकाले आफ्नै विशेषतामा आधारित देशको विकास गर्नुपर्नेमा जोड दिए ।

‘प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । इतिहासले पनि हामी सबैलाई धेरै दिएको छ । अब वर्तमानमा प्रकृति र इतिहासमा ती गौरवहरु ती तागतहरुलाई सदुपयोग गरेर समृद्ध नेपाल बनाउनुछ’ प्रचण्डले भने, ‘हाम्रो देशको भूराजनीति अवस्थिति दुई विशाल छिमेकीको बीचमा छौं । हाम्रो भौगोलिक विविधता, साँस्कृतिक र जातिय विविधतालाई एउटा मजबुत मालामा उनेर विकासको गति लिनुपर्ने छ ।’ लोकतान्त्रिक प्रणालीमार्फत सबै जातजाति, भाषाभाषी वर्ग समुदायको प्रवर्द्धन गर्न लाग्नुपर्ने प्रचण्डले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?